न्यूयोर्क-अमेरिकाका ८ महानिरीक्षकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। ट्रम्पले उनीहरूलाई सङ्घीय निकायहरूमा स्वतन्त्र निगरानी गर्ने भूमिकाबाट हटाउने निर्णय गरेपछि उनीहरूले अदालतको सहारा लिएका हुन्।
महानिरीक्षकहरूले वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतसँग आफूहरू अझै पनि कानुनी रूपमा पदमा रहेको घोषणा गर्न माग गरेका छन्। साथै, प्रशासनलाई उनीहरूको आधिकारिक कर्तव्यमा हस्तक्षेप नगर्न आदेश दिन आग्रह गरेका छन्।
उनीहरूले महानिरीक्षक ऐनको उल्लङ्घन भएको दाबी गरेका छन् । सो ऐनअनुसार, राष्ट्रपतिले तब महानिरीक्षकहरूलाई हटाउन सक्नेछन् जब उनले कम्तीमा ३० दिन अगाडि कांग्रेसलाई जानकारी दिनेछन् र ठोस कारण प्रस्तुत गर्नेछन्।
ट्रम्पले अहिलेसम्म कम्तीमा १७ महानिरीक्षकहरूलाई हटाइसकेका छन्, जसलाई डेमोक्र्याटहरूले गैर कानुनी भनेका छन्। ट्रम्पकै रिपब्लिकन पार्टीका एक वरिष्ठ सिनेटरले समेत ह्वाइट हाउससँग स्पष्टीकरण मागेका छन्।
यी बर्खास्तीहरु ट्रम्पले सङ्घीय सरकारलाई पुनः संरचना गर्ने उद्देश्यसहित जारी गरेका विभिन्न कार्यकारी आदेशहरूमध्ये एक भाग भएको बताइएको छ। तर, उनका धेरै नीतिहरू अदालतहरूद्वारा रोकिएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति