काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रस्थित एक विद्यालय भवनलाई निशाना बनाउँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। आक्रमणमा नौवटा शक्तिशाली बम प्रयोग गरिएको बताइएको छ।
कोमिशुभाखा नगरमा रहेको उक्त भवन युद्धका कारण विद्यालय सञ्चालन बन्द भएपछि स्थानीय प्रशासनिक कार्यालय तथा मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग हुँदै आएको थियो। आक्रमणका बेला राहत सामग्री लिन पुगेका सर्वसाधारण भवनभित्र आश्रय लिइरहेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई रुस–युक्रेन युद्धकै घातकमध्ये एक आक्रमणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भवनमा युरोपेली संघको सहयोगमा निर्माण गरिएको भूमिगत सुरक्षित आश्रयस्थलसमेत थियो। तर, शक्तिशाली बम प्रहारबाट कङ्क्रिट संरचना भत्किनुका साथै आगलागी भएको थियो।
आक्रमणपछि उद्धारका लागि पुगेका सुरक्षाकर्मीसमेत दोस्रो प्रहारको निशानामा परेका थिए। स्थानीय अधिकारीका अनुसार दुई उद्धारकर्मी र युक्रेनी प्रहरीका चार अधिकारीको मृत्यु भएको छ। उनीहरू भवनभित्र फसेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा थिए।
यसैबीच, जेलेन्स्कीले विद्यालय भवनमा आक्रमणपछि रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
राहत बाँडिरहेको विद्यालयमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु