धनगढी । कैलाली-३ का प्रतिनिधि सभा उम्मेदवार विरमान चौधरी यतिबेला चुनावी अभियानमा व्यस्त छन् । घरदैलो भेटघाट, टोलसभा र अन्तरक्रिया कार्यक्रममार्फत उनी प्रत्यक्ष रूपमा मतदातासँग संवाद गरिरहेका छन् ।
जनताका समस्या सुन्ने, सुझाव संकलन गर्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने शैलीका कारण उनी मतदाताको मन जितिरहेका छन् ।
विगत ३० बर्षदेखी कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका चौधरीले स्थानीय तहदेखि नै जनताको विश्वास कमाउँदै आएका छन् । विशेषगरी दलित, थारु,आदिवासी जनजाति, महिला तथा उत्पीडित समुदायका हक-अधिकारका विषयमा आवाज उठाउँदै आएका उनी विकास र सुशासनलाई आफ्नो प्राथमिकतामा राख्ने बताउँछन् ।

उनको चुनावी अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर अघि बढेका चौधरीले कैलाली-३ लाई समृद्ध र समान अवसरयुक्त क्षेत्र बनाउने लक्ष्य राखेका छन् ।
“जनताको विश्वास नै मेरो शक्ति हो,” चौधरी भन्छन्, “म सधैं जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दछु।”
चुनावी माहोल तातेका बेला विरमान चौधरीको सक्रियता र जनसम्पर्कले उनलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको छ । उनी ०६४ सालमा प्रतिनिधि सभा सदस्य र ०७४ सालमा सुदुरपश्चिम प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी