सिन्धुली । कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
आज बिहान १ बजे सामान्य विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले श्रीमती ४० वर्षीया सानु कुमारी कार्कीलाई लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।
घटनाबारे १ः१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
दुई करोड ४६ लाख खर्चेर बनाइएको खानेपानी संरचना तीन वर्षदेखि अलपत्र
बर्दियाको जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्दै
शैलुङ बन्दै चलचित्र छायाङ्कनको नयाँ गन्तव्य
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै