काठमाडौं : सुर्खेतकाे विरेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी दलित बालिका इनिशा विकको घटनामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पीडित परिवारलाई लास बुझ्न दबाब दिएको आरोप सार्वजनिक भएपछि विरोध चर्किएको छ।
पीडित परिवारले मुख्यमन्त्री कँडेल स्वयं घरमै पुगेर लास बुझ्न दबाब दिएको विषय सार्वजनिक गरेपछि दलित समुदायका युवाहरु आक्रोशित बनेका छन्।
उनीहरुले सत्ता र शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन्।
यसै विषयलाई लिएर बुधबार सुर्खेत तथा काठमाडौंको माइतीघरमा दलित समुदायका युवाहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले “न्याय देऊ”, “बलात्कारीलाई कारबाही गर”, “अपराधीका संरक्षक सरकार मुर्दावाद” लगायतका नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी युवाहरुले बलात्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने भन्दै सबै न्यायप्रेमी नागरिकलाई न्यायका पक्षमा आवाज उठाउन आह्वान गरेका छन्। उनीहरुले दोषीलाई कडा कारबाही नभएसम्म संघर्ष जारी रहने चेतावनी समेत दिएका छन्।
इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर ध्यानाकर्षण गराएको छ भने सामाजिक सञ्जालमा पनि न्यायको माग गर्दै अभियान चलिरहेको छ।
फाेटाे रंजना कामिकाे फेसबुक वालबाट








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन