काठमाडौं । आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ ।
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ काठमाडौं लगाएत सात वटै प्रदेशका राजधानी र विभिन्न जिल्ला र गाउँ पालिकामा समेत विभिन्न कार्यक्रम आयोजना गरि मनाईदैछ ।
दिवसकै अवसरमा राष्ट्रिय दलित आयाेगकाे संयाेजकत्वमा
दलित गैरसरकारी संस्था महासंघ र दलित नागरिक संघ संगठनहरुकाे संयुक्त पहलमा काठमाडौंको बुद्धनगस्थित क्वालिटि बैंक्वेटमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । बबरमहलबाट ११ बजे र्यालि समेत निकालिने बताइएको छ ।
जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि हुनुका साथै दलित समुदायका बालबालिकाहरुकाे बलात्कारपछि हत्याका घटना बढिरहेकाे भन्दै संविधानमा सुनिश्चित गरिएको दलित सम्बन्धि कानुन कार्यान्वयन हुनुपर्ने दलित अधिकारकर्मीबाे माग छ ।
छुवाछूत अन्त्यका लागि कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत अधिकारकर्मीले जोड दिएका छन् । २०६२/०६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले नेपाललाई २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन