काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ट्रेड युनियनहरू खारेज गर्ने सरकारको कदम असंवैधानिक भएको बताएका छन् ।
संविधानले श्रमिकहरूलाई संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले सरकारले संविधान र अन्तर्राष्ट्रिय महासन्धिद्वारा सुरक्षित अधिकार खोस्न नसक्ने बताएका हुन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले नेपालले सन् १९९६ मा आईएलओ कन्भेन्सन नम्बर ९८ ९संगठित हुने र सामूहिक सौदाबाजी गर्ने अधिकार महासन्धि–१९४९० अनुमोदन गरिसकेको स्मरण गराएका छन् । उनका अनुसार उक्त महासन्धिले श्रमिकहरूलाई ट्रेड युनियन गठन गर्ने तथा रोजगारदातासँग सामूहिक सौदाबाजी गर्ने अधिकारको ग्यारेन्टी गर्दछ ।
राउतले नेपालको संविधान र श्रम ऐनले पनि सामूहिक सौदाबाजीको अधिकारलाई आधारभूत हकका रूपमा मान्यता दिएको बताएका छन् । उनले संविधानको धारा १७९२०९घ० र धारा ३४९३० ले उक्त अधिकारलाई संरक्षण गरेको उल्लेख गर्दै अध्यादेश वा सामान्य ऐनमार्फत श्रमिकको अधिकार कटौती गर्न नसकिने जिकिर गरेका छन् ।
“सरकारको दायित्व संविधानको रक्षा गर्नु हो, उल्लंघन गर्नु होइन,” राउतले भने ।
उनले ट्रेड युनियन कर्मचारी तथा मजदुरहरूको सामूहिक आवाज भएको उल्लेख गर्दै एक्लो कामदारले तलब, सेवा–सुविधा, कामको समय, सुरक्षा तथा अन्य अधिकारका विषयमा प्रभावकारी रूपमा आवाज उठाउन नसक्ने बताएका छन् । तर संगठित भएपछि श्रमिकहरूले सामूहिक रूपमा आफ्नो हक माग्न सक्ने उनको भनाइ छ ।
ट्रेड युनियन नहुँदा न्यून तलबमा काम गराइने, अत्यधिक कामको बोझ दिइने, जबर्जस्ती ओभरटाइम गराइने, बिना कारण जागिरबाट निकालिने तथा कार्यस्थल असुरक्षित बन्ने जस्ता समस्या बढ्न सक्ने राउतले बताएका छन् । दुर्घटना वा बिरामी पर्दा संरक्षण नपाइने र मालिकको डरले श्रमिकहरूले आवाज उठाउन नसक्ने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ ।
राउतले ट्रेड युनियन श्रमिक तथा कर्मचारीलाई शोषणबाट जोगाउने, न्यायपूर्ण तलब तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम भएकोमा समेत जोड दिएका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी