काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई यो सम्झौता गर्ने अन्तिम अवसर भएको चेतावनी दिएका छन् । सम्भावित सैन्य आक्रमण अन्तिम समयमा फिर्ता लिएलगत्तै उनले इरानलाई अमेरिकासँग राम्रो कागजातमा हस्ताक्षर गर्ने यो नै अन्तिम मौका भएको चेतावनी दिएका हुन् ।
खाडीका सहयोगी राष्ट्रहरूको अनुरोधमा आफूले फेरि आक्रमण रोकेर वार्तालाई निरन्तरता दिने वाचा गरेको उनको भनाइ छ। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘धेरै देशहरूले फोन गरे। उनीहरू सबै यसलाई अन्तिम मौका दिन चाहन्थे। यो नै अन्तिम मौका हो।’
यसअघि पनि आक्रमणहरू रोकेकाले यसपटक के भिन्नता छ भनी पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले भने, ‘म उनीहरूलाई पूर्ण विनाश वा ‘डिक्यापिटेसन’ हुनुभन्दा अगाडि अर्को एक अन्तिम मौका दिन चाहन्छु।’
इरानसँगको वार्ता छिटो अगाडि बढ्ने बताउँदै ट्रम्पले सम्झौताको पहिलो चरणअन्तर्गत मङ्गलवारसम्ममा हर्मोज जलमार्ग पूर्ण रूपमा खुल्न सक्ने अपेक्षा व्यक्त गरे। महिनौंसम्म चलेको यो युद्ध अन्त्य गर्न प्रशासनले विभिन्न कठिनाइहरूको सामना गरिरहे पनि यो त्यति जटिल नरहेको ट्रम्पको भनाइ छ।
सम्झौताको दोस्रो चरण परमाणु निःशस्त्रीकरणहो, जसका लागि थोरै समय लाग्ने उनले स्वीकार गरे। यी दुवै लक्ष्यहरू गएको जुन महिनामा इरान र अमेरिकाबीच हस्ताक्षर भएको समझदारी पत्रकै अंश थिए।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
दिल्ली पुगे चीनका राष्ट्रपति