काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द एज अफ डार्कनेस’ मञ्चन हुने भएको छ। साउन २२ अर्थात आजदेखि मञ्चन सुरू हुने नाटक भदौ १४ गतेसम्म चल्नेछ।
यो नाटक लेखक धर्मवीर भारतीको सन् १९५४ मा प्रकाशित चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरण हो।
जसलाई राजेन्द्र सलभले नेपालीमा अनुवाद गरेका हुन्। नाटक सुदिप खतिवडाको निर्देशनमा तयार भएको हो।यसै नाटकको मूल चेतना र कथावस्तुलाई आधार बनाएर तयार पारिएको नाटक महाभारत युद्धको १८ औं दिनपछिको विनाश र शून्यतामा आधारित छ।
द्वितीय विश्वयुद्धपछिको मानवीय निराशा, नैतिक पतन र युद्धको निरर्थकतालाई नाटकको माध्यमबाट सशक्त रूपमा उजागर गरेको छ।नाटकमा धृतराष्ट्रको मोहान्धता, गान्धारीको पुत्रशोक, अश्वत्थामाको प्रतिशोधपूर्ण हिंस्रक प्रवृत्तिमार्फत् देखाइएको छ कि जब समाजमा विवेक र मर्यादाको अन्त्य हुन्छ, हार्ने र जित्ने दुवै पक्ष पराजित भई सिङ्गो सभ्यता नै अन्धकारमा रुमल्लिन पुग्छ।
मानिसले आफ्ना कर्म, हिंसा र निर्णयका लागि आफैँ जिम्मेवार हुनुपर्छ भन्ने सन्देश नाटकमा दिन खोजिएको छ।
नाटकमा अभूषण घिमिरे, मिलन पन्त, इन्द्र कुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, समाना राई, विजय दोङ, सौगन श्रेष्ठ, आरती बरुवाल, सुनिता राईराजु श्रेष्ठ, नित्य पौडेल लगायतको अभिनय छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
भोटेकोशी त्रासदी : भोग्न विवश सभ्यताहरू