काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले ब्रिक्सको निमन्त्रणामा नेपाल सहभागी हुन नसक्नु सरकारको कूटनीतिक असफलता भएको टिप्पणी गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले छिमेकी मुलुकको निमन्त्रणामा समेत नेपाल सहभागी हुन नसकेको विषयमा सरकारसँग जवाफ मागिन्। उनले नेपालको परराष्ट्र नीति र कूटनीतिक भूमिकामाथि प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्।
सांसद शर्माले सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ ब्रिक्ससँग सम्बन्धित कार्यक्रममा सहभागी भएर त्रिदेशीय साझेदारी तथा विकासका विषयमा छलफल गरेको स्मरण गराउँदै अहिले नेपालले त्यस्तो अवसर गुमाउनुको कारण स्पष्ट गर्न सरकारसँग माग गरिन्।
उनले छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सन्तुलित र प्रभावकारी ढंगले अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री