काठमाडौं । शिल्पी थियटरको प्रस्तुति नाटक ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ केही सातादेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थियटरमा प्रदर्शन हुँदै आएको छ।

नाटकले ‘पहाडे राष्ट्रवाद’भित्र विपन्न, श्रमजीवी, दलित र मधेसी समुदायमाथि हुने विभेद, अत्याचार र हिंसालाई एक संवेदनशील यौनकर्मीको आँखाबाट देखाउन खोजेको छ।

मञ्चमा प्रस्तुत पात्रहरूको जीवन्त अभिनय, उनीहरूबीचको द्वन्द्व र संवादले समाजभित्र लुकेका विभेदका अनेक तहलाई उजागर गर्छ।

यो केवल एक यौनकर्मीको कथा होइन। यो हाम्रो समाजभित्र गहिरोसँग जरा गाडेर बसेको पहाडे राष्ट्रवाद, वर्गीय विभेद, जातीय उत्पीडन र सामाजिक हिंसाको कथा पनि हो।

नाटकले विपन्न, श्रमजीवी, दलित र मधेसी समुदायमाथि हुने विभेद, अपमान र अत्याचारलाई एक संवेदनशील यौनकर्मीको आँखाबाट हेर्न बाध्य बनाउँछ।

मञ्चमा उभिएका पात्रहरू केवल अभिनय गरिरहेका हुँदैनन्, उनीहरू समाजका ती पात्रहरू बन्छन् जसको पीडा हामी दैनिक देखेर पनि नदेखेजस्तो गर्छौं। पात्रहरूको प्रस्तुति जीवन्त छ, संवादहरू चोटिला छन् र द्वन्द्वले दर्शकलाई अन्तिमसम्म बाँधिराख्छ।

विशेषतः नाटकले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ,राष्ट्रवाद कसको पक्षमा उभिन्छ ? र राष्ट्रको नाममा बनाइएको सामाजिक संरचनाले कसलाई नागरिक र कसलाई दोस्रो दर्जाको मानिस बनाइरहेको छ ?
‘मिस मेनुका’ले मनोरञ्जन मात्र दिँदैन, असहज बनाउँछ।

सोच्न बाध्य बनाउँछ। आफूभित्र र समाजभित्र लुकेका विभेदका तहहरू नियाल्न बाध्य बनाउँँछ ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण