काठमाडौं । विपद् व्यवस्थापन तथा त्यससँग सम्बन्धित कामलाई सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र गठन गर्ने निर्णय भएको छ। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर संयन्त्र गठनका लागि सभामुखमार्फत प्रक्रिया अघि बढाइनेछ। उनका अनुसार एक साताभित्र संयन्त्र गठन गर्न सभामुखलाई आग्रह गर्ने सहमति भएको छ।
बैठकमा बाढीपछि बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नेसम्बन्धी कानुनी व्यवस्थाबारे पनि छलफल भएको शाहीले बताए। हाल प्रचलित कानुनमा बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न सकिने व्यवस्था रहेकाले पछिल्लो बाढीमा बेपत्ता भएकाहरूका परिवारले बीमालगायतका सुविधा प्राप्त गर्न कठिनाइ हुन सक्ने विषय बैठकमा उठाइएको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री