काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरूङले नागरिकको खबरदारी आवश्यक भए पनि अनुसन्धान प्रक्रियालाई स्वतन्त्र रूपमा अघि बढ्न दिन आग्रह गरेका छन् ।
गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमार्फत सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने, कमजोरी औंल्याउने र सरकारलाई जवाफदेही बनाउने अधिकार नागरिकसँग रहेको बताएका छन् । तर, घटनाको अनुसन्धानमा अनावश्यक हस्तक्षेप नगर्न उनले आग्रह गरेका हुन् ।
उनले सरकारको उद्देश्य गरिमा हत्या प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गराउनुमा मात्र सीमित नरहेको उल्लेख गरेका छन् । आगामी दिनमा कुनै पनि बालिका असुरक्षित हुन नपर्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।
गुरूङले घटनामा कानूनले व्यवस्था गरेको अधिकतम न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा यस्ता अपराध दोहोरिन नदिन कानुनी तथा संस्थागत संयन्त्रलाई थप प्रभावकारी बनाउने बताएका छन् ।
उनले नागरिकको आक्रोशलाई न्याय प्राप्तिको अभियानमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । ‘आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं,’ उनले भनेका छन्, ‘हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔं ।’
गरिमा हत्या घटनालाई सरकारले गम्भीर र संवेदनशील रूपमा लिएको उल्लेख गर्दै गृहमन्त्री गुरूङले विगतका अनुसन्धानबाट देखिएका कमजोरी र अनुभवलाई समेत ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको बताएका छन् ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
अँध्यारो सुरुङबाट पलाएको आशा
बाढी प्रभावित गर्भवती महिलाका लागि निःशुल्क हवाई उद्धार