जनकपुरधाम । मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणिकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा जारी अनिश्चितकालीन धर्ना थप सशक्त बनाउने संघर्ष समितिले चेतावनी दिएको छ।
भदौ १० गतेदेखि मधेश प्रदेश सरकारको पुरानो मुख्यमन्त्री कार्यालयअगाडि जारी धर्नाप्रति सरकारले ठोस पहल नगरेको भन्दै समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो।
समितिका संयोजक श्रीप्रसाद सदाले मुक्त हरवाचरवाको समस्या राहतको मात्र नभई पहिचान, भूमि अधिकार र सम्मानजनक जीवनसँग जोडिएको मौलिक अधिकारको विषय भएको बताउनुभयो।
माग सम्बोधन नभएसम्म धर्ना, र्याली, मैनबत्ती जुलुसलगायतका कार्यक्रम सञ्चालन गर्ने समितिले जनाएको छ। साथै राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा अन्य सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता