मुक्त हरवाचरवाको आन्दोलन मधेशमा चर्किदै

जनकपुरधाम । सरकारले हरवाचरवा प्रथा अन्त्य गर्दै २०७९ साउन २ गते मुक्ति घोषणा गरेको चार वर्ष पुग्न लाग्दा पनि मधेश प्रदेशका मुक्त हरवाचरवाको पहिचान, प्रमाणीकरण र पुनर्स्थापनाको काम प्रभावकारी हुन नसकेको भन्दै समुदायले आन्दोलन थालेका छन्।

मुक्त हरवाचरवा संघर्ष समितिले भूमि, आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासहितको दिगो पुनर्स्थापनाको माग गरेको छ। माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापनपत्र र अल्टिमेटम दिइए पनि ठोस पहल नभएको उनीहरूको गुनासो छ।

सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि जनकपुरधाममा अनिश्चितकालीन धर्ना सुरु गरिएको छ। आन्दोलनकारीले ‘पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो अधिकार’ लगायतका नारासहित प्रदर्शन गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

संघर्ष समितिका संयोजक श्रीप्रसादले मुक्ति घोषणा कागजमा सीमित नभई व्यवहारमै सम्मानजनक जीवनको आधार बन्नुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ