काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा जारी खोज, उद्धार र राहत अभियानबारे छलफल गर्न आज सर्वदलीय बैठक हुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा बाढीबाट भएको जनधनको क्षतिको समीक्षा, अझै सम्पर्कविहीन रहेकाको खोजी तथा उद्धार, प्रभावित परिवारलाई राहत उपलब्ध गराउने विषय र पुनःस्थापनाका लागि आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले त्यसलाई थप प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको हो।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी