काठमाडौं । भोटेकोशीमा आएको विध्वंशकारी बाढीपछि नारायणी–गण्डक नदीको बहावसँगै भारतको उत्तर प्रदेशतर्फ शव बगेर जाने क्रम रोकिएको छैन। भारतीय अधिकारीका अनुसार उत्तर प्रदेशको कुशीनगर जिल्लामा हालसम्म १३ वटा शव फेला परेका छन्।
फेला परेका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेको बताइएको छ। शव भेटिन थालेपछि स्थानीय प्रशासन र राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ० का टोलीले नारायणी नदी आसपास निगरानी तथा खोजीलाई तीव्र बनाएका छन्।
नदीमा मानिसका शवसँगै नेपालबाट बगेर आएका पशुका शव तथा विभिन्न अवशेषसमेत भेटिएको भारतीय अधिकारीहरूले बताएका छन्।
कुशीनगरमा फेला परेका १३ शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा सुरक्षित राखिएको छ भने अन्य ७ वटा शव गोरखपुरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा पठाइएको छ। शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
कुशीनगरकी कार्यवाहक जिल्ला मजिस्ट्रेट वन्दिता श्रीवास्तवका अनुसार फेला परेका शवलाई तोकिएको प्रोटोकलअनुसार सुरक्षित व्यवस्थापन गरिएको छ। पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाल प्रशासनलाई बुझाउने तयारी रहेको उनले बताएकी छन्।
स्थानीय प्रशासनले फेला परेका शवसम्बन्धी विवरण भारतीय विदेश मन्त्रालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराइरहेको जनाएको छ। शवको पहिचान गरी मृतकका परिवारसम्म पुर्याउन नेपाल सरकारसँग आवश्यक समन्वय भइरहेको भारतीय प्रशासनले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति