काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का अचानक आफ्नै सिटमा ढलेका छन्। उनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ।
बिहीबारको बैठकमा सांसदहरूले भोटेकोकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराइरहेका थिए। सांसद खड्काले पनि उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोम शर्माले बोलिरहेका बेला खड्का सिटमै ढलेपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई बोल्न रोकेका थिए। त्यसपछि अन्य सांसदहरूले उनलाई सम्हालेका थिए।
संसद् सचिवालयमै स्वास्थ्य परीक्षण गर्दा खड्काको रक्तचाप उच्च देखिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार खड्काको अवस्था सामान्य छ। थप उपचारका लागि उनलाई वीर अस्पताल पठाइएको हो।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु