इरानले अमेरिकी ड्रोन खसालेको दाबी

काठमाडौं । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकी सेनाको एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ।

आईआरजीसीका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार १०:१२ बजे क्वेसम एयरफिल्डमा आधुनिक वायु रक्षा प्रणाली प्रयोग गरेर ड्रोन खसालिएको हो।

उक्त ड्रोन अमेरिकी सेनाको रहेको र क्वेसमलाई लक्षित गरी उडाइएको इरानको दाबी छ। आईआरजीसीले यो इरानी सेनाले खसालेको ५३औँ अमेरिकी ड्रोन भएको जनाएको छ।

घटनाबारे अमेरिकी अधिकारीबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ