काठमाडौं । उत्तरी सिरियाको अलेप्पो प्रान्तस्थित अल–ऐस क्षेत्रमा सोमबार बिहान एकपछि अर्को गर्दै धेरै विस्फोट भएका छन्। घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सिरियाको सरकारी टेलिभिजन अल–एखबारियालगायत विभिन्न सञ्चारमाध्यमले विस्फोट भएको समाचार सार्वजनिक गरेका छन्। बीबीसी फारसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै सिरियाको रक्षा मन्त्रालयअन्तर्गत रहेको हतियार भण्डारण केन्द्रमा विस्फोट भएको जनाएको छ।
विस्फोटको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनापछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायले घटनास्थलको अवस्थाबारे विवरण संकलन गरिरहेका छन्।
अहिलेसम्म विस्फोटमा कोही हताहत भएको वा घाइते भएको सम्बन्धमा आधिकारिक पुष्टि हुन सकेको छैन। स्थानीय स्रोत तथा केही सञ्चारमाध्यमले भने घटनामा इजरायलको संलग्नता हुन सक्ने आशंका गरेका छन्। यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
दिल्ली पुगे चीनका राष्ट्रपति
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको रचनात्मक काम
इरानले अमेरिकी ड्रोन खसालेको दाबी