काठमाडौं । चीनले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेलिब्रिजका सामग्री उपलब्ध गराएको छ।
सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रले पहिलो चरणमा १००–१०० मिटर लम्बाइका दुई बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री नेपाललाई हस्तान्तरण गरेको हो।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा भएको कार्यक्रममा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ झिबिङले सामग्री हस्तान्तरणसम्बन्धी प्रमाणपत्र आदानप्रदान गरे।
बेलिब्रिजका सामग्री माथिल्लो मुस्ताङको कोरोला नाकासम्म आइपुगेका छन्। ती सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्याएर पुल जडान गरिनेछ।
बेलिब्रिज जडानका लागि चीनले प्राविधिक टोलीसमेत पठाउने भएको छ। बेली प्यानल, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, बेली पिनलगायत सामग्री चीनले उपलब्ध गराएको छ।
नेपालले बाढी प्रभावित क्षेत्रमा ३० वटा बेलिब्रिजका सामग्री उपलब्ध गराउन चीनसँग आग्रह गरेको थियो। यस अघि पनि चिनले बेलिब्रिजका सामग्री उपलब्ध गराएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट