काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र साहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण र प्रतिबद्धता देखेको बताएका छन्।
प्रधानमन्त्री साहसँगको भेटवार्तापछि सोमबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले छोटो कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताएका हुन्।
‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो। आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु,’ मोदीले भने।
उनले नेपाली जनताले साहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताको आकाङ्क्षा र आशाको प्रतिबिम्ब भएको बताए। सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने उनको भनाइ थियो।
नेपाल–भारत सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै मोदीले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए। साथै, हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।








‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
भोटेकोशी बाढीपीडितका लागि मोदीको २ खर्ब ४० अर्बको घोषणा
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास