काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र साह स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री साह नेपाल वायुसेवाको नियमित उडानमार्फत इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनसम्बन्धी समझदारी भएका हुन् ।
प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।








भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
विवाह संस्थालाई चुनौती दिँदै रुपा र देवको सहजीवन
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
‘सुस्ताको घाउ, बालेनको मौनता’
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल