काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्।
भारतको राजकीय भ्रमणमा रहेका दुवै प्रधानमन्त्रीले सोमबार भर्चुअल माध्यमबाट सङ्खुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन्।
करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले निर्माण गर्ने आयोजना बुट (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) ढाँचामा अघि बढाइनेछ।
आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ। २५ वर्षको सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ।








‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
भोटेकोशी बाढीपीडितका लागि मोदीको २ खर्ब ४० अर्बको घोषणा
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास