काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि भारतीय विदेश सचिव विक्रम मिश्रीले इपिजी प्रतिवेदन पुरानो र असान्दर्भिक भएको टिप्पणी गरेकोप्रति आपत्ति जनाएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले दुई देशबीचको सम्बन्धमा सकारात्मक वातावरण बनेका बेला भारतीय विदेश सचिवको यस्तो अभिव्यक्तिले त्यसलाई प्रभावित पार्न सक्ने बताएका छन् ।
उनले इपिजी प्रतिवेदन कुनै एक देशले तयार पारेको सामान्य दस्तावेज नभई दुवै देशको सहमतिमा बनेको दीर्घकालीन र रणनीतिक समस्या मैत्रीपूर्ण ढंगले समाधान गर्ने विशिष्ट माध्यम भएको उल्लेख गरेका छन् ।
प्रतिवेदनको उचित विकल्प नदिई पुराना सन्धि, सीमा विवाद, व्यापार तथा पारवहन र सुरक्षा सम्बन्धी ऐतिहासिक समस्यालाई बेवास्ता गरेर दुई छिमेकीबीचको सम्बन्ध मैत्रीपूर्ण र दिगो हुन नसक्ने उनको तर्क छ ।
भट्टराईले भारतीय नेतृत्वको ध्यानाकर्षण गराउँदै लेखेका छन्, ‘दिल्लीका बाबुहरूको ध्यान पुगोस् !’








लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भमा सिता बादीको सम्बोधन (भिडियो)
‘सुकुमबासीलाई होल्डिङ सेन्टर छाड्न निर्देशन’
घरभित्रै असुरक्षित छन् महिला
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले अन्तरिम आदेश नदिनुको अन्तर्य !
आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
‘सुस्ताको घाउ, बालेनको मौनता’
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह