काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको कुनौटा भिरमा मार्ग पुनः जोडिएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा कालीगण्डकी नदीले करिब २५० मिटर सडक कटान गरेर बगाएपछि चार दिनको प्रयासमा बुधबार दुईतर्फबाट सडक जोडिएको हो।
बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार सडकमा फिलिङ र लेभल मिलाउने काम पूरा गर्न अझै एक–दुई दिन लाग्नेछ। बुधबार मात्रै सडक निर्माणका लागि छवटा एक्साभेटर र छवटा टिप्पर परिचालन गरिएको थियो।
बाढीपहिरोले २०२ किलोमिटर लामो सडकखण्डका ५५ स्थानमा क्षति पुर्याएको थियो। कुनौटाबाहेक अन्य स्थानमा पनि पहिरो पन्छाउने, सडक फराकिलो बनाउने र नयाँ मार्गको ग्रेड तथा घुम्ती मिलाउने काम भइरहेको छ।
सडक विभागले प्रारम्भिक रूपमा रु. ८० देखि ९० करोडसम्म क्षति भएको र पूर्ण पुनर्निर्माणमा करिब रु. ३ अर्ब लाग्ने अनुमान गरेको छ। कोरला नाका जोड्ने यो सडक चीनसँगको व्यापार तथा मुस्ताङको पर्यटन र कृषि उत्पादनका लागि महत्वपूर्ण भएकाले छिटो सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द