काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्वाचित भएका छन्। उनी यसअघि प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष थिए।
महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले यसको जानकारी दिएका हुन्।
बिहीबार बर्दिबास नगरपालिका–३, गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले महाधिवेशन उद्घाटन गरेका थिए। उद्घाटनसत्र सकिएलगत्तै निर्वाचन प्रक्रिया सुरु भएको थियो।
प्रतिष्ठानको केन्द्रीय समिति ७५ सदस्यीय छ। जसमा ३८ पदाधिकारी र ३७ सदस्य रहने व्यवस्था छ।
महाधिवेशनमा सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित एक सय समितिबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी छन्।
अन्य पदको निर्वाचन परिणाम शनिबार महाधिवेशन समापन समारोहमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।








‘क्यानभासमा पारिजात’
नेपाली समाजको दोग्ला चरित्र
‘निम्छरो पहल, जब्बर पितृसत्ता’ : घरदेखि राज्यसम्म महिलामाथिको विभेदबारे विमर्श
तार तान्ने क्रममा सशस्त्रका असई महाकालीमा बेपत्ता
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
हिम्लुङ हिमपहिरोमा हराएका तीन जनाको शव फेला
हिम्लुङ हिमपहिरोमा परेका दुई जनाको शव फेला, ८ जना अझै बेपत्ता