माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा चितवनको माडीमा ‘माडीको रातो राजनीति : हिजो र आज’ विषयमा सडक संवाद हुने भएको छ।

शनिबार दिउँसो २ बजे माडीको बसन्तपुरस्थित दिवाकर चोकमा सडक संवाद आयोजना गर्न लागिएको हो।

माडीको राजनीतिक इतिहास, कम्युनिस्ट आन्दोलनको विगत र वर्तमान तथा समकालीन राजनीतिक अवस्थाबारे संवाद केन्द्रित रहने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी भएर माडीको राजनीतिक इतिहास र वर्तमान अवस्थाबारे विचार तथा अनुभव आदानप्रदान गर्न आयोजकले आग्रह गरेको छ।

फोटो : एआई निर्मित

 

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ