काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग आज छलफल गर्दैछ।
आयोगले निर्वाचनको मिति घोषणा, तयारी तथा अन्य आवश्यक विषयमा राजनीतिक दलहरूसँग परामर्श गर्न लागेको हो।
शुक्रबार बिहान साढे ११ बजे हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई आयोगको कार्यालयमा आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी हुनेछन्।
२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। त्यसलाई ध्यानमा राख्दै आयोगले नयाँ निर्वाचनको तयारी र मिति घोषणाका विषयमा सक्रियता बढाएको हो।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गरिने प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।
यसैबीच, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले पनि आफ्ना गतिविधि बढाउन थालेका छन्।








माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गर्न आज मन्त्रिपरिषद् बैठक
यस्तो रहनेछ आजको मौसम