संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधान र विस्तृत शान्ति सम्झौताबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको बताएका छन्।

शनिबार भक्तपुरमा पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै प्रचण्डले शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट हासिल उपलब्धिमाथि विभिन्न कोणबाट प्रहार भइरहेको बताएका हुन्।

उनले सुकुमवासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमाथि विभिन्न ढंगले प्रहार भइरहेको बताए।

‘अहिले देशमा असहज राजनीतिक परिस्थिति सिर्जना भएको छ। संविधान र त्यसले सुनिश्चित गरेका अधिकारमाथि विभिन्न कोणबाट चुनौती देखिएका छन्,’ उनले भने।

शान्ति सम्झौताले अधिकार, पहिचान र समानताको सपना देखेका सुकुमवासी, आदिवासी जनजाति, दलित तथा महिलालगायत समुदायमाथि विभेद र अन्यायका समस्या अझै कायम रहेको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ