काठमाडौं–महिला र मतवालीहरुको रक्षा हुनुपर्दैन ? उनीहरुलाई ज्ञान चाहिदैन र ? उनीहरुलाइ जनै किन नदिएको त ?
म पूर्विय दर्शनको अध्ययन गरिरहेको हुँदा यसमा भएका राम्रा कुराहरुलाइ गर्वका साथ विश्वव्यापी गराउनुपर्छ र यहाँ भएका गलत कुराको कडा विरोध गरि अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दछु ।
म आफूपनि हिन्दु संस्कार अंगाल्ने भएकोले यसका गलत पक्षको विरोध गर्ने अधिकार राख्छु ।
मेरो अध्ययनले मनुस्मृतिमा आधारित वर्ण र जात व्यवस्था अनि पितृसत्तानै पूर्विय दर्शन र हिन्दु धर्मको सवैभन्दा ठूलो कमजोरी हो ।
जात र लिंगका आधारमा हरेक काम गर्ने काम दुनियाँका लागि अनौठो लाग्ने विषय हो ।
र जनै यही जात व्यवस्था र पितृसत्तालाइ स्थापित गरेको विषय हो । जनै धारणको अर्थ ज्ञान सुद्धता र सुरक्षा कवच हो भने महिला र मतवालि सहित ९० प्रतिशत मानिसहरुलाई किन वञ्चित गरियो ? र विभेद गरियो ? यसैले जनै जात जनाउने र जनै धारण गर्नेलाइ उच्च र अरुलाइ निच देखाउने विभाजनकारी र विभेदकारी हो भन्ने कुरामा कुनै अलमल हुनुपर्ने देखिन्न । यसमा हजार तर्कले पनि खण्डन गर्न सक्दैनन ।
इतिहासमा जहाँबाट विभेद र असमानता र वञ्चितिकरणको शुरुवात भयो त्यहीबाट अन्त्यका थालनी हुनुपर्छ ।
अर्थात वर्ण र जात व्यवस्था अनि पितृसत्ताको अन्त्य हुनु पर्छ । यसका लागि प्रगतिशील व्यक्तिहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।









विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
अब यस्तो विपद् कहिल्यै नआओस् !
सरकारी ढोका र रित्तो थाल !