काठमाडौँ-गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाउनुभएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल भर्सन’ को अडियो सार्वजनिक गर्नुभएको छ । गायिका मङ्गेशकरको तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा आज हात्तीसारस्थित नेपाल हाउसमा आयोजित ‘लता मङ्गेशकर लव इन मेमोरी’ कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।
गायक ढकालले उक्त गीतलाई गायिका मङ्गेशकरले गाउनुभएको अन्तिम व्यावसायिक गीत भनेर दाबी गर्नुभयो । “विश्व प्रसिद्ध गायिका मङ्गेशकरसँग गीत गाउन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । पुण्य तिथिका अवसरमा उहाँको एकल स्वर रहेको गीत सार्वजनिक गरेका हौँ”, गायक ढकालले भन्नुभयो । उहाँले चाँडै दृश्यलाई समावेश गरेर ‘म्युजिक भिडिओ’ पनि सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
गायक ढकालले ‘बाचुन्जेलीलाई’ लाई प्रत्यक्ष रुपमा गाउँदै भारत पुगेर गायिका मङ्गेशकरसँग गीत ‘रेकर्ड’ गर्दाको समयलाई स्मरण गर्नुभयो । “गायिका मङ्गेशकरसम्म पुग्न सक्नुलाई भाग्यमानी ठान्छु । उहाँले मेरो गीत सुनेपछि गाउन तयार हुनुभयो । ढकालले भन्नुभयो । गायक ढकालले गीतका रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नु संसारभर रहेका गायिका मङ्गेशकरका समर्थकका लागि विशेष उपहार रहेको बताउनुभयो ।
उक्त अवसरमा सात चित्रकारले गायिका मङ्गेशकरको विभिन्न समयको चित्र कोर्नु भएको थियो । कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गीतकार राजेन्द्र थापा, सङ्गीतकार राजु सिंह, अभिनेता कृष्ण मल्ललगायत उपस्थित हुनुहुन्थ्यो । गायिका मङ्गेशकरले ‘बाचुन्जेलीलाई’ गाउनुअघि ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ ‘तिमीलाई शुभकामना’लगायत गीत गाउनुभएको थियो । तीन वर्षअघि आजकै दिन गायिका मङ्गेशकरको निधन भएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण