काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन्।
शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन्।
नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए। उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे।
‘नेपाल मेरो दिलको नजिक छ। नेपाललाई म धेरै माया सम्मान समेत गर्छु। नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई। मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ,’ उनले भने।
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण