एजेन्सी । कागती र पुदिना दुबैमा पोषक तत्व भरपूर मात्रामा पाइन्छ, जसले स्वास्थ्य सम्बन्धी हुने धेरै समस्याहरुलाई कम गर्न सहयोग गर्दछ । यस मिश्रणले बनेको पानी पिउँदा शरीरलाई गर्मीबाट हुने समस्याहरुबाट पनि जोगाउँछ । कागती पानीमा पुदिना राखेर पिउँदाका फाइदाहरु जान्नुभयो भने तपाईं पनि आजैदेखि यो पेय पदार्थ पिउन थाल्नुहुनेछ ।
कागती र पुदिनाको मिश्रणबाट बनेको पानीको सेवन गर्नाले शरीरमा जम्मा भएका खराब तत्वहरु बाहिर निस्कन्छन् । शरीर डिटक्स हुँदा छाला सम्बन्धी पनि कैयौं समस्याहरु निको हुँदै जान्छ ।
गर्मी मौसममा यसलाई नियमित पिउने गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दै जान्छ । गर्मीमा धेरै आलस्य तथा कमजोरी महसुस हुने गर्दछ । यस्तो अवस्थामा कागती र पुदिना मिसाएको पानी पिउँदा एकदमै फाइदा गर्दछ ।
गर्मी मौसममा हुने पाचन सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउनका लागि यो पानी एकदमै फाइदाजनक हुन्छ । पेट पोल्ने तथा छाती पोल्ने जस्तो समस्याबाट छुटकारा पाउनका लागि पनि यो पानी एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई शितल बनाउने काम गर्दछ ।
गर्मी मौसममा तापक्रम नै अत्यधिक तातो हुने भएकाले हाम्रो शरीरमा पनि धेरै नै गर्मी महसुस हुने गर्दछ । जसलाई चिसो बनाउनका लागि कागती पानीमा पुदिना राखेर पिउन सकिन्छ ।
गर्मीमा विशेषगरी डिहाइड्रेशनको समस्या अत्यधिक हुने गर्दछ । जसबाट बच्नका लागि यो पानी एकदमै फाइदाजनक छ । डिहाइड्रेशनबाट हुने कमजोरी तथा थकानलाई टाढा भगाउने काम गर्दछ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
स्तन क्यान्सरविरुद्ध जनचेतनाका लागि ‘पिंकवाक २०२६’ सम्पन्न