धनगढी । कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । ट्रकको ठक्करबाट शुक्रबार साइकल यात्रीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
ट्रकले ठक्कर दिंदा लम्कीचुहा नगरपालिका–८ का १५ वर्षीय शिरिस भण्डारीको मृत्यु भएको थियो ।
आफन्तहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र ट्रक चालकलाई बारबाहीको माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।
उनकाअनुसार राजमार्ग अवरुद्ध भएपछि विभिन्न गन्तव्यका सवारीसाधन चल्न सकेका छैनन् । अहिले मृतक पक्ष र स्थानीय प्रशासनबीच छलफल चलिरहेको छ ।
भण्डारीलाई ठक्कर दिने सुपप्र०१००१ख२८५० नम्बरको ट्रकका चालक गोदावरी नगरपालिका–१ का ३९ वर्षीय रामदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण