धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं ३ का उम्मेदवार वीरमान चौधरीले साधारण जीवनशैलीसहित घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारका क्रममा चौधरी गाउँघरमै स्थानीय मतदातासँगै बसेर साधारण खाना खाँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
घरदैलो अभियानका क्रममा किसान, मजदुर, युवा, महिलालगायतसँग भेटघाट गर्दै रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र विकासका मुद्दामा छलफल गरिरहेको उनले बताए ।
उनले परिवर्तन, सुशासन र जनमुखी विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।
उनले आफू निर्वाचित भए जनताको विश्वासलाई कामबाट प्रमाणित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री