गोरखा । नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सांसद निर्वाचित भए त्यसबापत सेवा सुविधा जनताको सेवामा लगाउने घोषणा गरेका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा निर्वाचन क्षेत्रमा घरदैलोमा रहेका उनले आफूले पाउने सेवा सुविधा जिल्लाकै गरिब, विपन्न नागरिकको सेवामा लगाउने घोषणा गरेका हुन् ।
यसअघि विस २०७४ सालमा गोरखा क्षेत्र नं २ प्रदेश ९ख०बाट गण्डकी प्रदेशको सांसद निर्वाचित हुँदा दवाडीले पाउने सबै तलब तथा सेवा सुविधा जनताको सेवामा लगाएका थिए । ‘मैले गोरखा क्षेत्र नं २ का जनताको मर्म र भावना बुझेको छु, मैले पाउनुपर्ने सबै सेवा सुविधा जनताकै सेवामा लगाउँछु,’ दवाडीले भने ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार दवाडीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टचार हुन नदिन प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले गोरखाको विकासका लागि निती बनाएरै अगाडि बढ्ने बताए ।
दवाडीले आफ्नो पार्टी सरकारमा रहेको बेलामा सुरु गरिएको स्वास्थ्य बीमाको कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढ्ने बताएका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी