रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक ‘प्रचण्ड’ ले जनयुद्ध दिवसका अवसरमा अबको संघर्ष आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र समृद्धितर्फ केन्द्रित हुने बताएका छन्।
रुकुम पूर्वमा आयोजित मतदातासंग भेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले विगतमा व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेको स्मरण गर्दै अब अवस्था परिवर्तनका लागि समृद्धिको झण्डा बोक्ने बताए।
उनले भने, “युद्ध जारी छ, तर अब यो युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ। उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने, भ्रष्टाचारविरुद्ध उभिने र पारदर्शिता स्थापित गर्ने हाम्रो लक्ष्य हो।”
प्रचण्डले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सञ्चालन हुने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाए।
शिक्षा क्षेत्र सुधारका लागि ‘हब स्कुल’ अवधारणा अघि सार्दै आवासीय सुविधा र दक्ष शिक्षकसहितका गुणस्तरीय विद्यालय स्थापना गरिने बताए।
उनले रुकुमको फलाम खानी उत्खनन, जडीबुटी प्रशोधन केन्द्र स्थापना तथा स्थानीय उत्पादनको व्यावसायिक प्रवर्द्धनका योजना सार्वजनिक गरे। मगर समुदायको पहिचान र स्वायत्तताको सवालमा संविधानको भावना अनुरूप मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गरिने पनि उनले बताए।
जनयुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटक आकर्षित गरिने उनको भनाइ थियो।
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको अर्गानिक जिल्लासम्बन्धी नीति–कानुन निर्माण, प्रमाणीकरण र बजार सुनिश्चिततामार्फत स्थानीय उत्पादनलाई प्रिमियम ब्राण्डका रूपमा बजारसम्म पुर्याइने उनले उल्लेख गरे। टिमुर, स्याउ, सुन्तला, कागती लगायतका फलफूल तथा अर्गानिक तरकारीको ब्राण्डिङ र बजारीकरणमा जोड दिइने पनि उनले बताए।
उनले यो चुनाव जनयुद्धका उपलब्धिको रक्षा गर्ने र इतिहासको रथ उल्ट्याउन खोज्ने शक्तिबीचको रोजाइ हुने दाबी गरे।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो