धनगढी : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार प्रेमबहादुर आलेको प्रतिबद्धता सार्वजनिक कार्यक्रम आज शनिबार धनगढीमा आयोजना हुने भएको छ।
कैलाली- ५ का प्रतिनिधिसभा उम्मेदवार आलेको चुनावी प्रतिबद्धता सार्वजनिक गर्न कार्यक्रम तय गरिएको हो।
निर्वाचन परिचालन समिति, कैलाली–५ का अनुसार कार्यक्रम बिहान ८ बजे साविक नेकपा (माओवादी केन्द्र) प्रदेश कार्यालय, सत्कार चोक धनगढीमा आयोजना हुनेछ।
कार्यक्रममा उम्मेदवार आलेले क्षेत्रका विकास, पूर्वाधार, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्राथमिकताबारे आफ्ना योजना सार्वजनिक गर्ने जनाइएको छ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको सहभागिता रहने बताइएको छ। आयोजकले सम्पूर्ण पत्रकारहरूलाई कार्यक्रममा उपस्थित भई समाचार सम्प्रेषण गरिदिन सादर अनुरोध गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री