रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक ‘प्रचण्ड’ले जनयुद्धको क्रान्तिकारी यात्राबाट अब विकास, समृद्धि र समाजवाद निर्माणको ऐतिहासिक अभियानमा प्रवेश गरेको बताएका छन्।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिका–हुकाममा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिदेखि विकाससम्मको यात्रालाई नयाँ चरणमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले विगत स्मरण गर्दै भनने, “हिजो हामी हातमा बन्दुक बोकेर जनयुद्ध र क्रान्तिको मैदानमा उत्रिएका थियौँ, आज विकास र समृद्धिका औजार बोकेर समाजवाद निर्माणको यात्रामा आएका छौँ।” रुकुमले क्रान्तिको आधारभूमि बनेर देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अब यही भूमिबाट विकास र आर्थिक समृद्धिको नयाँ अध्याय सुरु गरिने उनले स्पष्ट पारे।
कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले जनमुक्ति सेनाका कमाण्डर तथा माओवादी नेता कालीबहादुर खाम ‘विविध’को योगदानको विशेष स्मरण गरे।
विविधकै गृहगाउँ हुकाममा पुगेर उनले उनीसँगको आत्मीय सम्बन्धबारे चर्चा गर्दै केही दिनअघि कारागारमा भेट गरेको र स्वास्थ्योपचारको व्यवस्था मिलाइएको जानकारी दिए । उनको शीघ्र रिहाइका लागि पहल भइरहेको पनि उनले बताए।
त्यसैगरी, उननले ओमप्रकाश घर्तीलगायत स्थानीय नेताहरूसँगको पुरानो सम्बन्ध स्मरण गर्दै रुकुमसँग आफ्नो भावनात्मक सम्बन्ध गहिरो रहेको उल्लेख गरे। जनताको बलिदान र संघर्षकै कारण महिला, दलित, आदिवासी जनजाति, मुस्लिम र मधेसी समुदायले अधिकार र आत्मसम्मान प्राप्त गरेको दाबी गर्दै ती उपलब्धिलाई संस्थागत र सुदृढ बनाउन आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो।
“रुकुमले क्रान्तिको ढोका खोलेको थियो, अब यही भूमिले विकास र समृद्धिको ढोका खोल्नेछ,” उनले भने, “हामीले सुरु गरेको संघर्षको अन्तिम लक्ष्य समाजवाद निर्माण हो, र त्यसका लागि जनताको साथ र विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।”
हुकाममा आयोजित कार्यक्रममा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। ‘प्रचण्ड’ले आफ्नो उम्मेदवारी केवल निर्वाचन जित्नका लागि नभई क्रान्तिले स्थापित गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै विकास र समाजवादको दिशामा अघि बढाउनका लागि भएको स्पष्ट पारे।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी