काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा बामदेव गौतम लगायत नेताहरूले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिङ्गो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादी शक्तिहरूबिचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।
पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश महर्जन र पूर्व वडाध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
पूर्व मेयर रमेश महर्जनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री