धरान । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका कतिपय ठाउँ अझैँ अँध्यारोमा रहेको बताउँदै सोही कारण आफू राजनीतिमा आएको बताएका छन् । सोमबार सुनसरी-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।
‘देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ,’ अध्यक्ष घिसिङले भने, ‘ऊर्जा विकास र वितरण प्रणाली विस्तार, लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालोतर्फ लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक ठानेर हाम्रो पार्टी र म चुनावमा आएका छौँ ।’
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा लिइदिन पनि उनले मतदातासँग आग्रह गरे ।
‘जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको छ । सही व्यक्ति, सही स्थानमा पुगे विकासले गति लिन्छ । नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान पनि सक्षम नेतृत्व आवश्यक छ,’ अध्यक्ष घिसिङले भने ।
जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री