सिरहा । यही २१ फागुनको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आह्वान गरे पनि मधेशमा भने आचारसंहिता उल्लंघन बढेको छ ।
आयोगले तडक–भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झन्डा झुन्ड्याउन नपाइने निर्देशन जारी गरेको छ । तर, आचारसंहिता उल्लंघन भने रोकिएको छैन ।
आयोगको निर्देशनविपरीत सिरहाका विभिन्न स्थानमा पार्टीका झन्डा तथा प्रचार सामग्री खुला रूपमा झुन्ड्याइएको पाइएको छ ।
गोलबजार, चोहर्वा, नयाँ चौक चोहर्वा तथा नरहा–बिष्णुपुर लगायतका क्षेत्रमा सडक, चोक तथा अन्य सार्वजनिक स्थानमा दलका झन्डा राखिएको छ ।
स्थानीय रामउदगार साहले सरकार र आयोगले तडक–भडक नगर्न पत्राचार गरे पनि दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले त्यसको पालना नगरेको भन्दै चिन्ता व्यक्त गरे ।
यसरी सम्बन्धित निकाय मौन बस्नुले विभिन्न तरिकाले मतदातालाई प्रभावित पार्न सक्ने खतरा हुने उनको भनाइ छ । उनले समयमै प्रभावकारी अनुगमन गरी रोक लगाउन माग गरे ।
यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाजासहित गाउँगाउँमा मत माग्ने र सार्वजनिक स्थानमा झन्डा झुन्ड्याउने विषयमा अनुगमन गरिने बताएका छन् । ‘दलहरूले आफैं बुझ्नुपर्ने कुरा हो’, उनले भने ।
पत्राचार गर्दा पनि नमाने प्रहरी परिचालन गरी झन्डा हटाउने र बाजामा रोक लगाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री