काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताएका छन् ।
बिहीबार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने ओलीको भनाइ छ । उनले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गरे ।
उनले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवर्द्धनमा निर्वाचनले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।
उनले भने ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनः स्थापना गर्नुपर्दछ । अराजनीतिक र अराजक क्रियाकलाप, हिंसात्मक गतिविधि र हिंसात्मक प्रवृत्तिहरूलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण योगदान गर्नुपर्दछ । यसले लोकतान्त्रिक बाटोबाट फेरि संविधानलाई ट्र्याकमा ल्याएर देशलाई स्थिरता र स्थायित्वका साथ देशलाई सुशासनको बाटोमा अगाडि बढाउनुपर्दछ । देशको शान्ति, सुव्यवस्थाका साथै मुख्य कुरा देशलाई बचाउने कुरा छ । देशको अस्तित्व, देशको स्वाधीनता र राष्ट्रिय हितहरूको रक्षा र संवद्र्धन गर्नुपर्नेछ । यस निर्वाचनले शान्तीको पक्षमा भएका, सुशासनको पक्षमा भएका, विकासको पक्षमा भएका अनुभवी, देशभक्तहरूलाई अत्यधिक बहुमतले विजयी गराउनुपर्नेछ ।’
उनले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गरे ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री