कञ्चनपुर : कञ्चनपुर जिल्लाका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार जनक सिंह धामी, क्षेत्र नम्बर २ मा दीपक बोहरा र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र सिंह महताले अग्रता लिएका छन् ।
कञ्चनपुर– १ मा रास्वपाका उम्मेदवार जनक सिंह धामीले ९८३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार तारा लामाले ५२४, नेकपाकी बिना मगरले ३८३ र नेपाली कांग्रेसका गोपी प्रसाद उपाध्यायले ३७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कञ्चनपुर–२ मा रास्वपा दीपक बोहराले २ हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायण प्रकाश साउदले ९३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, एमालेका बचन बहादुर सिंहले ६२५ र नेकपाका माधव प्रसाद पन्तले २२८ मत प्राप्त गरेका छन् ।
कञ्चनपुर– ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महताले ५६७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हरि प्रसाद बोहराले २२३ मत प्राप्त गर्दा एमालेका डा. दीपक प्रसाद भट्टले १३२ मत प्राप्त गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री