रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ‘प्रचण्ड’ ले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताए ।
आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।
वरिष्ठ नेतामध्ये जनताले आफूलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षण गर्ने काम आफूले गर्ने उहाँले बताए । अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलेको छ । त्यसको जिम्मा पनि आफूले नै लिनुपर्छ भन्ने महसुस गरेको उहाँले बताए ।
हिजो नेकपा एमाले र नेपाली कांग्रेसलाई दुई तिहाइको अहंकार नगर्न बारम्बार संसदमा चेतावनी दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्ध लड्दा र विकास तथा समृद्धिका लागि संघर्ष गर्दा संख्याको अहंकारले मलाई बाहिर पठायो । त्यही बेला मैले चुनौतीका साथ भनेको थिएँ-संख्याले मात्रै सबै कुरा नापिँदैन । बंगलादेश मा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि हालत के भयो, देखिएकै छ ।”
अहिले विजयी भएका नयाँ पार्टीलाई बधाइ दिँदै उहाँले त्यही अहंकार नयाँ दलले दोहोर्याए देशका लागि दुर्भाग्य हुने बताए । त्यसकारण नयाँ दलको नेतृत्व पनि आफूले नै गर्नुपर्ने महसुस गरेको उहाँको भनाइ थियो । साथै धेरै सिट ल्याएका दलहरूलाई अहंकारबाट बच्न उहाँले अनुरोध गर्नुभयो ।
“मेरो इतिहासका आधारमा म तपाईंहरूका लागि धेरै ठूलो गुरु हुन सक्छु,” संयोजक प्रचण्डले भने, “तपाईंहरूजस्तै लहर मैले २०६४ मै देखिसकेको छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्छ भन्ने महसुस गरेको उहाँले बताए ।
रुकुमपूर्वले भारी मतले जिताएर ठूलो जिम्मेवारी दिएको बताउँदै संयोजक प्रचण्डले देशकै ठूलो जिम्मेवारी आफ्नो काँधमा आएको महसुस भएको बताए । पूर्व प्रधानमन्त्रीहरूमध्ये अहिले आफू मात्रै विजयी हुने विचित्रको स्थिति आएको भन्दै उहाँले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए ।
“जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुंग्याएर यो देशमा स्थायित्वका लागि भए पनि मैले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको छ,” उहाँले भन्नुभयो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री