चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेल लाई ३९ हजार ८३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा उनले ५४ हजार २७६ मत प्राप्त गरेका थिए ।
निकटतम प्रतिद्वन्द्वी मीना कुमारी खरेल ले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे ले ६ हजार ९९२ मत प्राप्त गरेका छन् ।
चितवन–२ मा कुल ८७ हजार २२१ मत खसेको मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेल ले जानकारी दिएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री