काठमाडौं : बलात्कारपछि हत्या गरिएकी दलित बालिका इनिसा विकलाई न्याय दिलाउन माग गर्दै अधिकारकर्मी तथा दलित समुदायका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न र दलितमाथि भइरहेका हिंसाका घटनामा राज्य गम्भीर हुनुपर्ने माग गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘Justice for Inisha Bk’, ‘Dalit Lives Matter’ लगायतका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले दलित समुदायमाथि हुने हिंसा र विभेद अन्त्य गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताएका छन्।
तस्बिरहरू: माइतीघरमा भएको प्रदर्शनका दृश्यहरू














नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने