काठमाडौं : बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी दलित किशोरी इनिसा बिकको न्यायको माग गर्दै मधेस प्रदेशमा पनि प्रदर्शनको तयारी गरिएको छ।
आज (बिहीबार) दिउँसो ४ बजे रौतहटको चन्द्रपुर बजारबाट प्रदर्शन सुरु हुने र त्यसपछि चन्द्रपुर नगरपालिका अगाडि भेला हुने कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्।
अभियानमा संलग्न युवाहरूका अनुसार इनिसा बिकलाई न्याय दिलाउन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो। मधेस प्रदेशमा रहेका न्यायप्रेमी नागरिक, युवाहरू र अधिकारकर्मीलाई प्रदर्शनमा सहभागी भई ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।
अभियानमा सक्रिय सन्जिब विश्वकर्माले सामाजिक सञ्जालमार्फत मधेस प्रदेशमा रहेका साथीहरूलाई उपस्थित भएर न्यायको आवाज उठाउन आग्रह गरेका छन्।
हाल इनिसा बिकको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश र विरोधका कार्यक्रमहरू भइरहेका छन्। विभिन्न स्थानमा प्रदर्शन, दबाबमूलक कार्यक्रम र सामाजिक सञ्जालमार्फत न्यायको माग भइरहेको छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा