सुर्खेत : वीरेन्द्रनगरस्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा न्यायको माग गर्दै सोही विद्यालयका विद्यार्थीहरूले आन्दोलन गरेका छन्।
विद्यार्थीहरू शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरूले दोषीलाई कडा कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले “मान्छे मार्न पाइँदैन”, “बलात्कारीलाई फाँसी दे”, “We Want Justice” जस्ता नारा लगाएका थिए।
विद्यार्थीहरूले इनिसा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिनुपर्ने बताएका छन्।
गत फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिसा अचेत अवस्थामा फेला परेकी थिइन्। पछि उपचारका क्रममा उनको मृत्यु भएको थियो।
पोस्टमार्टम रिपोर्टका आधारमा उनीमाथि बलात्कारपछि हत्या भएको निष्कर्ष प्रहरीले निकालेको जनाएको छ।
घटनापछि देशका विभिन्न स्थानमा न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्।
तस्विर : कान्तिपुरकर्मि ज्याेति कटुवाल








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन